काठमाडौं । दक्षिण भारतीय सिनेमाका चर्चित अभिनेता तथा तमिलागा भेट्री काझागम (टीभीके)का प्रमुख थलापति विजयको दाम्पत्य जीवनमा दरार आएको छ।
उनकी पत्नी संगीता सोर्नालिंगमले आफ्नो २५ वर्ष लामो वैवाहिक जीवनपछि पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गरेकी छन्।
उनले दर्ता गरेको निवेदनमा विजयले विभिन्न अधिकारी र व्यक्तिसँग सम्बन्ध राखेको आरोप लगाइएको छ, जसका कारण उनीहरूको वैवाहिक जीवन गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरिएको छ।
इन्डिया टुडेको रिपोर्टअनुसार, संगीताले चेन्नगपट्टू पारिवारिक अदालतमा निवेदन दर्ता गर्दै विजयमाथि बेवफाई (इन्फिडेलिटी)को गम्भीर आरोप लगाएकी छन् र यही कारण अब सँगै बस्न नसक्ने बताएकी छन्।
यसअघि यो दम्पत्ती मिडियामा प्रायः सँगै देखिन्थे, तर अहिले संगिताले सम्बन्धविच्छेदको माग गरेपछि तमिल चलचित्र र राजनीतिका दुवै क्षेत्रमा व्यापक चर्चा सुरु भएको छ।
विजयविरुद्ध दर्ता गरिएको उक्त निवेदनलाई अदालतले विचाराधीन मुद्दा भनेको छ र आगामी सुनुवाइमा दुवै पक्षका तर्क सुन्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ फागुन २०८२, १२ : १८
लेखकबाट थप