दुई फर्मलाई वाणिज्य विभागको कारबाही

सफल खबर संवाददाता

सोमबार, ११ फागुन २०८२, ०८ : ५५
दुई फर्मलाई वाणिज्य विभागको कारबाही

काठमाडौं । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं बाँसबारीस्थित बाँसबारी राइस मिललाई दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका– ६ मूलपानी बाबाचोकलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ ।

विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरु लिई तीनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य  सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस