चितवन क्षेत्र न ३ का उम्मेदवार जित बहादुर सुनार नेकपामा प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, ०८ फागुन २०८२, २० : २०
चितवन क्षेत्र न ३ का उम्मेदवार जित बहादुर सुनार नेकपामा प्रवेश

भरतपुर  ।  नेकपा संयूक्त चितवन क्षेत्र न ३ का उमेद्वार जित बहादुर सुनार नेपाली कम्यूनिस्ट पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमका बिच नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

सुनारलाई नेपाली कम्यूनिष्ट पार्टीका नेता तथा चितवन निर्वाचन क्षेत्र न ३ का चुनावी कमान्डर ईश्वरी भट्टराईले टिका लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा सुनारले कम्यूनिष्ट आन्दोलनको एकीकरण र विकास प्रेमि रेनु दाहालको बिजयी यात्रामा सहयोग पुर्याउन आफूले  उम्मेदवारी फिर्ता लिई नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरेको बताउदै आजैबाट तारा चुनाब चिन्नमा मत माग्दै रेनु दिदी बिजयी अभियानमा लाग्ने बताए । उनले  नेकपा संयूक्तका अन्य साथीहरूलाई पनि पार्टी प्रवेश गराउदै जाने बताए ।

सो अवसरमा चितवन क्षेत्र न ३ का सशक्त उम्मेदवार रेनु दाहालले प्रत्यासी उम्मेदवार सुनारले आफ्नो   उम्मेदवारी फिर्ता लिदै सहयोग पुराएको धन्यवाद दिदै नपाली कम्यूनिष्ट पार्टीमा स्वागत गरिन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा निर्वाचन क्षेत्र न ३ का ईन्चार्ज ईस्वरी भट्टराई ,चितवन जिल्ला ईन्चार्ज घनश्याम दाहाल , जिल्ला समयोजक रामचन्द्र अधिकारी लगाएतका नेताहरूको उपस्थिती रहेको थियो ।

सुनारको उमेद्वारी फिर्ता र पार्टीमा प्रवेश  संगै चितवन क्षेत्र न ३ मा विकासस प्रेमी  उम्मेदवार रेनु दाहालको जित निश्चित हुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस