काठमाडौँ। नेपाली काँग्रेसका नेता गगन थापाले राजधानीस्थित कमलपोखरी क्षेत्रमा छठ पर्व मनाउने परम्परा प्रारम्भ गराउने पहल आफूले गरेको बताएका छन्।
मधेश क्षेत्रसँग सांस्कृतिक तथा भावनात्मक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले उक्त काम अघि बढाइएको उनको भनाइ छ।
थापाका अनुसार पूर्व राष्ट्रपति डा. रामवरण यादव निर्वाचित भएपछि करिब एक दशकअघि कमलपोखरीमा छठ पर्व मनाउने कार्य प्रारम्भ गरिएको थियो। त्यसअघि राजधानीमा सीमित स्थानमा मात्र छठ मनाइने र रानीपोखरीमा उक्त पर्व सञ्चालन रोकिएको अवस्थामा कमलपोखरीलाई वैकल्पिक स्थलका रूपमा विकास गरिएको उनले स्मरण गरे।
उनले काठमाडौँ र मधेशबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास निरन्तर रहने उल्लेख गर्दै आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका समस्याको समाधानका लागि प्रत्यक्ष रूपमा सक्रिय रहने धारणा पनि व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ फागुन २०८२, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड