सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सफल खबर संवाददाता

शुक्रबार, ०८ फागुन २०८२, ११ : ५८
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलामा ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस