रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अस्वस्थ भएपछि बिहीबार राति सुर्खेतबाट काठमाडौं फर्किएका छन् ।
रास्वपा सभापति रविसँगै दाङको कार्यक्रममा सहभागी हुने पूर्वयोजना रहे पनि स्वास्थ्यमा समस्या देखिएपछि उनी बेलुकी जहाजमार्फत काठमाडौं फर्किएको दाङ सभापति विनय घिमिरेले जानकारी दिए ।
उनका अनुसार लामिछानेसहित अन्य नेताहरू भने निर्धारित कार्यक्रमअनुसार दाङ आइपुगेका छन् ।
रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ । कार्यक्रममा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि सुर्खेतको सभालाई भने बालेनले स्वागत गरेका थिए । बालेनलाई के भएको हो भन्नेबारेचाहिँ खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ फागुन २०८२, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यसपटकको विश्वकपमा मेरो फेभरेट देश नै छैन’: प्रधानमन्त्री शाह
बालेन्द्र सरकार : जनमतको उभार कि तजबिजी सत्ताको विस्तार ?
ट्रम्पका विशेष दूत सर्जियो गोरले भेट्न पाउँलान् त प्रधानमन्त्री बालेन्द्र शाह ?
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
बालेन्द्र शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त