एजेन्सी । एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ। विगन एथलेटिकमाथि आर्सनलले ४–० को जित निकालेको हो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको आर्सनलले पहिलो गोल खेलको ११ औं मिनेटमा गरेको हो। उसका लागि नोनी मादुएकेले पहिलो गोल गरेका हुन्। दोस्रो गोल खेलको १८ औं मिनेटमा गेब्रियल मार्टिनेलीले गरे।
सुरुवातमै दबाबमा परेको विगनका ज्याक हन्टले आत्मघाती गोल थपे भने खेलको ३० औं मिनेटमा ग्रेबियस जेससले टिमका लागि चौथो गोल गर्दै जित निश्चित गरेका हुन्।
पहिलो हाफमा चार गोल गरेको आर्सनलले दोस्रो हाफमा भने गोल गर्न सकेन। यो जितसँगै आर्सनल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ फागुन २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि