काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको पावन अवसरमा आईतवार पशुपतिनाथ र काठमाडौंको सिफलस्थित भण्डारेश्वर महादेव मन्दिरको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८२ का अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेलगत्तै राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सिफल पुग्नुभएको हो । मन्दिर प्रवेश गर्नुभएका राष्ट्रपति पौडेललाई मन्दिरका पुजारीले विधिपूर्वक पूजा गराई टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । सोही अवसरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पनि पशुपतिनाथ महादेवको दर्शन गर्नुभएको छ । उच्च पदस्थ व्यक्तित्वहरूको आगमनलाई ध्यानमा राख्दै मन्दिर परिसरमा सुरक्षा व्यवस्था मजबुत पारिएको थियो भने स्थानीय भक्तजनहरूले उहाँहरूको स्वागत गरेका थिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ फागुन २०८२, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले सार्वजनिक गर्यो राष्ट्रिय सदाचार नीति (पुर्णपाठ)
सरकारको सय दिने कार्यकाल: यस्ता छन् मुख्य उपलब्धि (पूर्णपाठ)
सरकारको १०० दिने उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
बालेन सरकारको १०० दिन: कूटनीतिमा नयाँ अभ्यास, भारत–चीनसँग सन्तुलित सम्बन्ध
फरेन्सिक क्षेत्रका विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन सरकारको प्रस्ताव