काठमाडौँ । आम जनता पार्टीका नेता ऋषि धमलाले जेन जेड आन्दोलनपछिको राजनीतिक जटिलतामा आफूले संवादमार्फत समाधान खोज्ने प्रयास गरेको दाबी गरेका छन्।
पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनपश्चात देश अन्योलमा परेको र कर्फ्यु जारी भएको अवस्थामा आफूले पहल गरी जेन जेड पक्षका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरेको बताएका हुन्।
उनका अनुसार सुदन गुरुङ लगायत प्रतिनिधिसँग करिब सात घण्टा वार्ता भएको थियो।
धमलाले उक्त प्रक्रियामा प्रधान सेनापति र राष्ट्रपतिसमेत वार्ताका लागि सक्रिय रहेको उल्लेख गर्दै संविधान र लोकतान्त्रिक व्यवस्थाभित्रै सहमति खोज्न आफूले सुझाव दिएको बताए। उनले मध्यमार्गी प्रस्ताव अघि सारेपछि सहमतिको वातावरण बनेको र त्यसको परिणामस्वरूप सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको जिकिर गरेका छन्।
उनले जेन जेड आन्दोलनले उठाएका विषयहरू आफूले पूर्वदेखि उठाउँदै आएको दाबी पनि प्रस्तुत गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ फागुन २०८२, १४ : ०९
लेखकबाट थप