प्रियंकाले साइन गरिन् ‘पारस’

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०८२, १४ : ०२
प्रियंकाले साइन गरिन् ‘पारस’

काठमाडौं । निखिल उप्रेती र जसिता गुरुङपछि कृषा चौलागाइँको आगामी फिल्म ‘पारस’ मा अभिनेत्री प्रियंका कार्की पनि जोडिएकी छन् ।

कार्की स्वयमले सामाजिक सञ्जालबाट आफूले ‘पारस’ मा काम गर्न लागेको जानकारी दिएकी छन् । जहाँ, उनलाई फिल्मको क्ल्याप बोर्डसहित निर्देशक चौलागाइँसँग देख्न सकिन्छ ।

‘अब अर्को, पारस । धमाकेदार गरौं कृषा चौलागाइँ दिदी’ फोटोहरू सेयर गर्दै प्रियंकाले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस