काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् ।
उनले भनेका छन्, ‘भैपरि आउन सक्ने परिस्थितिहरूलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ। भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ?’
उनले आफ्नो आन्तरिक अभ्यास सही ढंगले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास गर्न नसकिने र अन्ध भक्ति गर्न नचाहेको बताएका छन् ।
‘सबै बेथितिका बाबजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु,’ राणाले राजीनामा पत्रमा लेखेका छन् ।
अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गएकोप्रति असन्तुष्ट जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति