काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काँग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् ।
मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरेका हुन् ।
उनले मतदातालाई भने, ‘तपाईँहरूले काँग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ । अब यो क्षेत्रबाट काँग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’
बदलिएर आएको काँग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०८२, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा