झापा । झापामा रोकिएको ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ।
गए राति बुद्धशान्ति गाउँपालिका-२ इन्द्रेणी चोकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका झापाकै अर्जुनधारा नगरपालिका-६ बस्ने ३५ वर्षीय प्रवीण आङदेम्बेको उपचारको क्रममा गएराति मृत्यु भएको हो।
इन्द्रेणी चोकका भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकी राखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडी डालामा ठोकिँदा आङदेम्बे गम्भीर घाइते भएका थिए। बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएका उनको शव सोहि अस्पतालमा राखिएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सबार पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भई हाल बिर्तामोड बस्दै आएका ४८ वर्षीय हरी आगंदम्बे घाइते भएका थिए। उनको पनि बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०८२, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको कान्दामा २ घण्टा बोकेर हाते ट्याक्टर पुर्याउँदा …