निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो : आयुक्त डा. तुलाधर

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०८२, ११ : १९
निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो : आयुक्त डा. तुलाधर

काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताएकी छन् । 

निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधि सँगको छलफलमा उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गरिन् । आयुक्त तुलाधरले भनिन्, “निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो ।”

उनले आम मतदाताको विश्वास कायम राख, कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताइन्

। 

 

प्रतिक्रिया दिनुहोस