काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावको मुखैमा भारत जाने भएका छन् । भारतको बैङलोरमा रास्वपाको प्रवासी नेपाली सम्पर्क मञ्चले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने गरी सभापति लामिछाने कर्नाटक जान लागेका हुन् ।
भारत पुग्दा उनी त्यहाँ झण्डै एक साता बस्ने गरी जाने तयारीमा रहेको बताइएको छ । रास्वपा उच्च स्रोतका अनुसार उनी केही दिनमै त्यसतर्फ जाने गरी तयारीमा रहेका छन् । प्रतिनिधिसभा चुनाव फागुन २१ मा हुादैछ । अब चुनाव आउन एक महिना पनि बाँकी नरहँदा उनी भारत जान लागेको विषयलाई राजनीतिक बृतमा निक्कै चासोका साथ हेरिएको छ ।
रास्वपाको प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रम देखाएपनि त्यहाँ उनले भारतका केही उच्चपदस्थ राजनीतिककर्मीहरुसँग समेत भेट गर्ने उदेश्यले भारत जान लागेको बताइएको छ । भारतको यो राज्य नेपालको सुदूरपश्चिमसँग जोडिएको प्रदेश हो ।
यस अगाडी सोही स्थानमा आयोजित कार्यक्रममा रास्वपाका नेताहरु सोविता गौतम र हरि ढकाल सहभागी भएका थिए । त्यसक्रममा उनीहरुले भारतीय जनता पार्टी (भाजपा)का नेता समेत रहेका पूर्व पूर्वउपराष्ट्रपति एम वेंकैया नायडूसँग भेटवार्ता गरेका थिए । अन्य भारतीय नेताहरुसँग पनि उनीहरुले त्यसक्रममा भेट गरेका थिए ।
सभापति लामिछानेले फागुन २१ को चुनाव लक्षित गरेर भारतमा रहेका नेपालीहरुलाई मतदान गर्न नेपाल आउन प्रेरित गर्ने र त्यस अनुसारको माहोल बनाउन प्रवासी मञ्चको आयोजनामा कार्यक्रम राखिएको र त्यसलाई सभापति लामिछानेले सम्वोधन गर्ने बताइएको छ ।
यधपी लामिछानेले भारत जान लागेको विषय अहिलेसम्म औपचारिक जानकारी भने दिएका छैनन । रास्वपा स्रोतले दिएको जानकारी अनुसार, त्यसको तयारी भित्री रुपमा भईरहेको बताइएको छ ।
देशभित्र आसन्न चुनावलाई लिएर रास्वपाको चर्चा चुलिएको छ । त्यही क्रममा भारतीय सत्तासिन पार्टी देखि विपक्षी भारतीय कांग्रेस आईसम्मले पनि नेपालको चुनावलाई चासोका साथ हेरिरहेका छन् ।
नेपालमा चुनाव पछि कुन दल ठूलो बन्छ ? कसको सरकार बन्छ ? भन्ने विषयमा भारतीय नेताहरुको मसिनो चासो रहेको देखिन्छ । त्यही भारतीय चासोका बीच रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जान लागेकोले राजनीतिक बृत तातिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०८२, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
सार्वजनिक यातायातको अवस्था सुधार गर्न रास्वपा सांसद गजुरेलको माग
रास्वपाले आज देशैभर वडा भेला गर्दै
बोली र व्यवहारको पजनी : दल बदलिएका हुन् कि सत्ताको केवल कुर्सी ?
रास्वपाभित्र महाधिवेशनसम्म ‘मै चुप, तैं चुप’ !
रास्वपाद्वारा विधान परिमार्जनका लागि समिति गठन, महाधिवेशन तयारी तीव्र