जितुले टुंग्याए ‘आइएम जितबहादुर’ को छायांकन

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०८२, १३ : २६
जितुले टुंग्याए ‘आइएम जितबहादुर’ को छायांकन

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले आफू निर्मित र अभिनित फिल्म ‘आइएम जितबहादुर’ को छायांकन पूरा गरेका छन् । बिहीबार शंखमुलस्थित आफ्नै रेन्टुरेन्ट ‘ए-वान क्याफे’मा जितुले अन्तिम दृश्य छायांकन गरे ।

कथानुसार, अवार्ड समारोहको दृश्य खिच्दै छायांकन सकिएको हो । उक्त दृश्यमा जितुकी ‘ज्वाइँ साब’ को-एक्टर नीति शाह, अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा देखिएका छन् ।

१५औं दिनमा छायांकन सकिएको फिल्मका निर्माण नियन्त्रक दिलिप पन्तले जनाए । छायांकनपछि इन्ड-कल्याप पार्टी पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस