पूर्वप्रेमीसँग बिहे गर्दै सोनिका

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०८२, ११ : ४३
पूर्वप्रेमीसँग बिहे गर्दै सोनिका

काठमाडौँ । ‘स्टन्ट क्वीन’ को छवि बनाएकी कुनै समयकी चर्चित कार्यक्रम प्रस्तोता तथा मोडल सोनिका रोकायाले हालै ईंगेजमेन्ट गरिन् । आफैंले इन्गेजमेन्टको खवर सार्वजनिक गरेपनि उनले अहिलेसम्म आफ्नो हुनेवाला श्रीमानबारे केही खुलाएकी छैनन् ।

सोनिकाले सामाजिक सञ्जालमा मेहेन्दी र औठी साटासाटका तस्वीरहरु सार्वजनिक गरेकी थिइन् । तर कुनै पनि तस्वीरमा उनले दुलाहाको अनुहार देखाएकी छैनन् । तस्वीरमा पुरुषको केवल हात देख्न सकिन्छ ।

कमेन्ट बक्समा कतिले कतै यी पुरुष पूर्वयुवराज पारस त होइनन् भनेर पनि लेखे । केही समयअघि सोनिका र पारसको राम्रै हिमचिम थियो । उनीहरु विभिन्न ठाउँमा सँगै घुम्नसमेत गएका थिए । उनीहरु एकसाथ नदेखिएको लामो समय भइसकेको छ । सोनिका त पूर्णरुपमा गुमनाम नै थिइन् ।

हालै एक एक अन्र्तर्वातामा सोनिकालाई उनको हुनेवाला श्रीमानबारे सोधियो । तर उनले आफ्ना भावि पतिको नाम नखुलाइकन हिन्ट मात्रै दिइन् । उनले आफ्नो पूर्वप्रेमीसँग ईंगेजमेन्ट गरेको दावी गरिन् । ती पुरुषसँग आफ्नो केही वर्षको प्रेम टुटेको उनको भनाइ छ । आफूलाई प्रेममा धोका दिएका पुरुषसँगै ईंगेजमेन्ट गरेको उनले बयान दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस