काठमाडौं । राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे घरभाडा बापतको भत्ता लिइरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् ।
मन्त्री क्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिईरहेका छन् ।
भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् । उनी काठमडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन् ।२०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतअनुसार काठमाडौंमा उनको सगोलमा घर छ ।
तर उनले २०७४ फागुनयता नियमित घरभाडा लिईरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातमा पठाईदिने गरेको खबर आजको कान्तिपुरमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ मंसिर २०७५, ०८ : १४
लेखकबाट थप