काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आर्थिक वर्ष २०८१/८२ का लागि तयार गरेको वार्षिक प्रतिवेदन सभामा औपचारिक रूपमा पेस गरिएको छ।
बुधबार सम्पन्न राष्ट्रिय सभा बैठकमा समितिकी सभापति कमला पन्तले प्रतिवेदन प्रस्तुत गर्दै संसदीय निगरानी र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले यसलाई सभासमक्ष ल्याइएको जानकारी गराइन्। उनका अनुसार प्रतिवेदनमार्फत सरकारका कार्यसम्पादनलाई थप जिम्मेवार र उत्तरदायी बनाउन आवश्यक सुझावहरू समेटिएका छन्।
प्रतिवेदनमा नेपाललाई अतिकम विकसित राष्ट्रको श्रेणीबाट विकासशील राष्ट्रतर्फ उकास्ने प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने, साथै जलवायु परिवर्तनका कारण देखिएका चुनौतीहरूलाई न्यूनीकरण गर्न स्पष्ट र व्यवहारिक नीति तथा कार्यक्रम अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
समितिले विकास, आर्थिक व्यवस्थापन र सुशासनका क्षेत्रमा सुधार आवश्यक ठानिएका विषयहरू पनि समग्र रूपमा प्रतिवेदनमा समावेश गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ माघ २०८२, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची