काठमाडौँ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक सिंहदरवारमा सञ्चालनमा रहेको छ। बैठकका क्रममा सभाका सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा व्यक्त गरिरहेका छन्।
आजको कार्यसूचीअनुसार विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आर्थिक वर्ष २०८१/८२ का लागि तयार पारिएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन
राष्ट्रिय सभाको अधिवेशन अन्त्य