बनेपा । मर्दनसिंह लामा पूर्वलडाकु हुन् । उनी भूमिगत नाम प्रेमले परिचित थिए। माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे ।
युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन् । अहिले उनी चिया खेती गर्छन् । काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा। द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो । धेरै पटक नेपाली राजनीतिलाई प्रभावित गर्ने घटना यहीँबाट निर्देशित भए । जनमुक्ति सेनाले यसलाई भूमिगत तालिमकेन्द्रका रूपमा प्रयोग गर्थे ।
जताततै बंकर खनिएका थिए। शान्तिप्रक्रिया सुरु भएपछि माओवादीको पहिलो केन्द्रीय बैठक यहीँ बस्यो। त्यसपछि राष्ट्रिय रूपमै यो ठाउँको चर्चा हुन थाल्यो । सेना समायोजनअघि तेस्रो डिभिजनको शिविर यहीँ राख्ने प्रस्तावपछि यो थप चर्चित बन्यो ।
तर शान्तिप्रक्रियापछि मर्दनसिंहको झैँ कामीडाँडाको परिचय पनि फेरिएको छ। युद्ध सकिएको १२ वर्ष नाघ्दा युद्धभूमि कृषिभूमिमा फेरिएको छ । बुट बजारेर परेड खेल्ने चौरमा चियाको बोट रोपिएका छन्। बंकरमाथि हराभरा बगान छ ।
बन्दुक बिसाएकाहरूले कोदालो समातेका छन् । अब यहाँ राजनीतिक बहस र बैठक हुँदैनन् । ‘अब त कृषिक्रान्तिका लागि छलफल हुन थालेको छ,’ मर्दनसिंह बताउँछन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ मंसिर २०७५, ०७ : ३७
लेखकबाट थप