काठमाडौं । चुनावको सम्मुखमा उत्तरी छिमेकी मुलुक चीनको कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डल सुटुक्क नेपाल आएर फर्केको छ । सांकेतिक रुपमा केही नेपाली रजनीतिक दलका नेताहरुसँग सम्वाद गरेर उक्त टोली आइतबार चीन फर्केको छ ।
नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले भेट गरेका नेपाली टोलीसँग मुख्यत तीन चासो राखेको बताइएको छ । चिनियाँ पक्षले राखेको चासोमा पहिलो केपी ओली र बालेन शाह चुनाव लडेको झापा क्षेत्र नम्बर ५ मा कसले चुनाव जित्छ ? दोस्रो कांग्रेस सभापति शेरवहादुर देउवा कांग्रेसको पार्टी सभापति नरहेको र चुनावमा टिकट समेत नपाएको अवस्थामा अब उनको पोजिसन नेपालको राजनीतिमा के हुन्छ ? र तेस्रो समग्रमा चुनाव पछि नेपालमा कुन दल पहिलो पार्टी बन्छ र अन्य दलहरुको पोजिसन कसको के हुन्छ ? भन्ने रहेको चिनियाँ प्रतिनिधिमण्डलसँग भेट गरेका एक नेपाली राजनीतिक दलका नेताले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला डेस्क हेर्ने निर्देशक झेङ युया (सरला) र उनका सहयोगी लिउ बिहिबार काठमाडौं आएका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला डेस्क हेर्ने निर्देशक झेङ युया (सरला) र उनका सहयोगी लिउ बिहिबार काठमाडौं आएका थिए ।
उनीहरुले यसपटकको भेटमा राष्टिय स्वतन्त्र पार्टीलाई विशेष चासोका साथ भेट गरेका छन् । उनीहरुको चासो पनि रास्वपाको विदेश निति के हुन्छ ? उनीहरुले चीनसँगको सम्वनधलाई कसरी लिएका छन् ? भन्ने विषयमा गहिरो गरी बुझने प्रयास गरेको बताइन्छ ।
काठमाडौं आईपुगे लगत्तै उक्त चिनियाँ टोलीले सुरुमै रास्वपा सभापति रवि लामिछाने र विदेश विभाग प्रमुख शिखिर खनालसँग भेटवार्ता गरेका थिए । त्यसपछि कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. नारायण खड्का, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनी प्रधानमन्त्री हुँदाका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटा, एमाले नेता विष्णु रिमाल र विष्णु रिजाल, उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङ र राप्रपा नेता सोभित उप्रेतीसँग बेग्लाबेग्लै भेट गरेका थिए ।
त्यसपछि उनीहरु आइतबार नै सिचुआनको छेन्दु हुँदै बेइजिङ फर्केका छन् । पारम्भिक रुपमा उनीहरुले नेपालको आगामी चुनाव, दलहरुको अवस्था र भोलि चुनाव पछि हुनसक्ने सम्भावित परिणामका बारेमा एक खालको अध्ययन गरेर फर्केका हुन् । उनीहरुको पारम्भिक रिपोर्ट अध्ययनपछि अर्काे चिनियाँ उच्चस्तरीय टोली चुनाव अगाडी नै फेरि काठमाडौं पठाउने तयारीमा चीन रहेको बताइएको छ ।
यसको संकेत नेपाल आएर सुटुक्क विभिन्न दलका नेता भेटेर फर्केका चिनियाँ टोलीले पनि गरेका छन् । चिनियाँ टोली भेटेका रास्वपाका नेता खनालले भने, ‘नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे अध्ययनका लागि उहाँहरू आउनुभएको रहेछ । अहिलेको परिवेश, चुनाव, चुनावपछिको अवस्थालगायतका बारेमा अनौपचारिक छलफल भयो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, ०८ : ४६
लेखकबाट थप