मोरङ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा हुने भएको छ ।
प्रतियोगिता यही माघ १४ (बुधबार) देखि १७ गतेसम्म विराटनगर–६ स्थित मरिलेबन क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित पाण्डेले बताए ।
उक्त प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन समूहको सहभागिता रहने पाण्डेले जानकारी दिए ।
आगामी दिनमा क्यानको वार्षिक क्यालेण्डरमा एलाइट कप प्रतियोगितालाई समेट्नका लागि पहल गरिने उनको भनाइ छ । प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास हुनेछ ।
पत्रकार सम्मेलनमा मोरङ अध्यक्ष मो सादबाबु, सुनसरी क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेलले एलाइट कपको आयोजना हुने गौरवका विषयमा भएको यसलाई दीर्घकालीनसम्म लैजानुपर्नेमा जोड दिए ।
यसैबीच, क्रिकेट खेलको प्रवर्द्धनका लागि कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउण्डेसनबीच भएको सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउण्डेसनका निर्देशक अभिषेक श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, ०८ : ०१
लेखकबाट थप