काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले हरिबोल गजुरेललगायत नेतालाई पार्टीबाट निश्काशन गरिएको घटनामा आपत्ति जनाएका छन् ।
उनले आज सामाजिक सन्जालमार्फत त्यसरी गरिएको कारवाही तत्काल स्थगन गरी हरिबोल गजुरेलसहितका नेतृत्वदायी नेताहरुको ततकाल आकस्मिक बैठक बोलाउन पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग आग्रह गरेका छन् ।
१७ घटक कम्युनिष्टहरुको एकतापछि पनि अझै पार्टीको नेतृत्वदायी कमिटि नै बन्न नसकेको, हरिबोल गजुरेल लगायत नेताहरुलाई स्पष्टिकरणको समेत मौका नदिई निष्काशन गरेको र त्यस्तो कारवाही सञ्चारमाध्यमबाट मात्र थाहा पाउनुपर्ने अवस्था आएको भन्दै खनालले कारवाहीप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले तत्काल कारवाही स्थगन गरेर बैठक बोलाउन र त्यही बैठकबाट सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न संयोजक प्रचण्डलाई आग्रह गरेका छन् ।सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाले लेखनाथ (राजन) दाहाललाई उम्मेदवार बनाएपछि हरिबोल गजुरेल लगायत नेताहरुको पहलमा त्यहाँ महेश्वर दाहालले मुढा चुनाव चिन्ह्र लिएर उम्मेदवारी दिएका छन् ।
प्रचण्डले उम्मेदवारी फिर्ता लिन निर्देशन गरेपनि गजुरेल लगायत नेताहरुले त्यसलाई स्वीकार नगरेपछि निश्काशनको निर्णय लिइएको थियो । खनालले हरिबोल लगायत नेताहरुमाथी निश्काशनकै कदम किन चाल्नुपर्यो भन्दै पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग गरेका हुन् ।
अन्यथा उनले एकीकरण भई नसक्दै बिश्रृखलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखनाथ न्यौपानेको जित सुनिश्चित भएको ‘प्रचण्ड’को दाबी
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ: प्रचण्ड
रुकुमपूर्वबाट राजनीतिक सन्देश दिने ‘प्रचण्डको घोषणा
रुकुम पूर्वमा प्रचण्डको मोर्निङ वाकसँगै घरदैलो अभियान
प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता
‘उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्नेछ’ : ‘प्रचण्ड’