काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ पदका लागि आज निर्वाचन हुँदैछ । आगामी फागुन २० देखि रिक्त हुन लागेको १९ पदमध्ये १८ पदमा आज चुनाव हुन लागेको हो ।
चुनावमा कांग्रेस, एमाले र जसपा नेपालका बीचमा चुनावी गठबन्धन भएको छ । यधपी, यो गठबन्धन निर्माणका बेला कांग्रेसका सभापति शेरवहादुर देउवा रहेको र त्यसमा महामन्त्रीका रुपमा अहिलेका कांग्रेस सभापति गगन थापाले फरक मत राखेका कारण गठबन्धनमा कांग्रेस टिक्ला ? प्रश्न छ ।
मतदान आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाच्न आयोगले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीले भने एकल उम्मेदवारी दर्ता गराएको छ । राष्ट्रिय सभा चुनावका लागि स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष , उपाध्यक्ष तथा प्रदेश सभाका सांसदहरु मतदाताका रुपमा रहनेछन् ।
रिक्त एक पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने छन् । राष्ट्रिय सभामा रिक्त हुने पदमा एक महिना अगाडी नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही आधारमा आज निर्वाचन हुन लागेको हो ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
कोशी प्रदेशका खस आर्यतर्फ कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भईसकेका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।
मुलतः यो निर्वाचनमा कांग्रेसका स्थानिय तह र प्रदेशका जनप्रतिनिधिलाई पहलिे जसरी पार्टी ह्विप जारी गरिएको छैन । जसकाकारण पनि गठबन्धनमा कांग्रेस इमान्दार बन्ला नबन्ला प्रश्न छ । कांग्रेसमा गगन पार्टीको पोजिसन जस्तो आएपनि कांग्रेस एक्लै चुनाव लड्नुपर्ने मत राख्दै आएका नेता हुन् । तर तत्कालिन सभापति देउवाले भने गठबन्धन बनाएर जाने गरी एमाले अध्यक्ष ओलीसँग सहमति गरेका थिए ।
कांग्रेसबाट उम्मेदवार बनेका हकमा कुनै समस्या नआएपनि अन्य एमालेले उम्मेदवार बनाएकामा भने कांग्रेसले गठबन्धनबाट उम्मेदवार बनेकालाई नै मत दिन्छन् या स्वतन्त्र स्वविवेक प्रयोग गर्छन् ? भन्ने चासोका साथ हेरिएको छ ।
यधपी कांग्रेस सभापति देउवाले अविच्छिन उत्तराधिकारी पार्टी भएकोले पार्टीको तहमा भएका सहमति अहिले कार्यान्वयन हुने कांग्रेस महामन्त्री गुरुराज घिमिरेले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ माघ २०८२, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा
माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्याउने राष्ट्रिय सभा अध्यक्ष दाहालको विश्वास
राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित