आईसीसी महिला टी-२० विश्वकप

नेपालले जिम्बाबेलाई हरायो

सफल खबर संवाददाता

शनिबार, १० माघ २०८२, १६ : ५०
नेपालले जिम्बाबेलाई हरायो

काठमाडौं । पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले २२ रन बनाइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस