सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पनि यस हिउँदमा पहिलोपटक हिमपात भएको छ।
गएरातिदेखि कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा हिमपात भएको हो। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन भने कष्टकर भएको छ।
हुम्लाको सिमकोट, जुल्लाको चन्दननाथ, मुगुको पर्यटकीयस्थल राराताल र डोल्पाको शे(फोकशुण्डो क्षेत्र यतिबेला हिउँले ढाकिएको छ।
कर्णाली र सुदूरपश्चिमका धेरै पहाडी र हिमाली जिल्लामा गएरातिदेखि हिमपात सुरु भएको जल तथा मौसम विभागले जनाएको छ। अहिले कर्णाली र सुदूपश्चिमको पहाडी भूभागको आकाश बादलले ढाकिरहेको छ।
हिमपात भएका क्षेत्रमा बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत हिउँदे बाली सप्रिने आशमा हिमाली जिल्लाका किसानहरू उत्साहित भएका छन्।
अहिले हुम्लाको सिमिकोटमा तापक्रम माइनस १४ डिग्री सेल्सियसमा झरेको छ। यस्तै सुर्खेतको तापक्रम १० डिग्री सेल्सियस छ भने जुम्लामा माइनस २ डिग्री सेल्सियस छ।
गएको चार महिनादेखि वर्षा नहुँदा गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने आशमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात