काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०८२, १६ : ०५
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिए राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन्। उनले आज दिउँसोदेखि लागू हुने गरी आफ्नो राजीनामा उपमेयर सुनिला डंगोलसमक्ष बुझाएका हुन्।

महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार केही मिनेटअघि मेयर बालेन साहको राजीनामा प्रशासनमा दर्ता भएको जानकारी प्राप्त भएको छ।

मेयर साह फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीस्वरूप पदबाट अलग भएका हुन्।

राजीनामापछि उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने कार्यक्रम रहेको जनाइएको छ। पार्टीले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको छ।

रास्वपाले साहलाई आगामी निर्वाचन प्रक्रियामा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस