काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफल सफलता उन्मुख नरहेको बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताएका हुन् ।
उनले बैठकमा भने, ‘हामीले धेरै प्रयास गर्यौँ । धेरै नै लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन । छलफलले सफलता पाउन सकेको छैन ।’
पार्टी महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनतर्फ लागेपछि संस्थापनपक्षका नेताहरू पार्टी विभाजनतिर जान लागेको भन्दै संवादमा जुटेका थिए ।
संस्थापन समूह, विशेष महाधिवेशन समूह र शेखर कोइराला समूहका प्रतिनिधि नेताहरू बसेर पटक पटक छलफल गरेका थिए । तर उक्त छलफलमा विशेष पक्षले राखेको सभापतिको बहिर्गमनलगायत विषयमा सहमति जुट्न नसक्दा काँग्रेस फुटनजिक पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा