‘विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफलले सफलता पाउन सकेन’ : रमेश लेखक

सफल खबर संवाददाता

बुधबार, ३० पुस २०८२, १५ : ५३
‘विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफलले सफलता पाउन सकेन’ : रमेश लेखक

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफल सफलता उन्मुख नरहेको बताएका छन् । 

जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताएका हुन् ।

उनले बैठकमा भने, ‘हामीले धेरै प्रयास गर्‍यौँ । धेरै नै लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन । छलफलले सफलता पाउन सकेको छैन ।’

पार्टी महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनतर्फ लागेपछि संस्थापनपक्षका नेताहरू पार्टी विभाजनतिर जान लागेको भन्दै संवादमा जुटेका थिए ।

संस्थापन समूह, विशेष महाधिवेशन समूह र शेखर कोइराला समूहका प्रतिनिधि नेताहरू बसेर पटक पटक छलफल गरेका थिए । तर उक्त छलफलमा विशेष पक्षले राखेको सभापतिको बहिर्गमनलगायत विषयमा सहमति जुट्न नसक्दा काँग्रेस फुटनजिक पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस