काठमाडौँ । मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यो इतिहासमै धेरै पर्यटक आगमन हो । यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको सोही अवधिभन्दा १७ प्रतिशतले बढी हो । सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका आजको कारोबार दैनिकमा यो खबर प्रकाशित छ । ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ मंसिर २०७५, ०८ : ०५
लेखकबाट थप