कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०८२, ०८ : २५
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज बिहान ९ बजे  पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने गरी बैठक बोलाइएको हो । 

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा  उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।

संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण मानिएको छ । 

प्रतिक्रिया दिनुहोस