काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो ।
सोही निर्णयअनुसार आजदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ ।
यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने बताइएको छ ।
एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह