काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता एवं आर्थिक संकटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा उनले संसद् पुन:स्थापनाको पछाडि लाग्न नहुने र सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर भयरहित वातावरणमा चुनाव गराउन सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।
कम्युनिष्ट शक्तिबीच एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले वैचारिक दृष्टिकोण निकट रहेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको प्रष्ट पारे ।
उनले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा, देश विकास तथा जनताको पक्षमा कम्युनिष्टले काम गर्न सक्ने भएकाले उनीहरूलाई एकताबद्ध गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
पार्टी सहसंयोजक माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गरी जनताको समृद्धिका निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेकाले अहिले देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा तथा विश्वास बढेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, २१ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य