काठमाडौँ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ सुरु भएको छ । आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ । जनक शिक्षाका अनुसार करिब २ करोड ८ लाख समानुपातिक मतपत्र छपाइ हुनेछ ।
समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्द सूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्दै छन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०८२, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतपत्र छपाइ सकियो
६० जिल्लाको मतपत्र छपाइ सम्पन्न
प्रत्यक्षतर्फ २५ जिल्लाको ३० लाख मतपत्र छापियो
समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न