निधिमाथि भएको दुर्व्यवहारप्रति विशेष महाधिवेशन पक्षधरले जनाए आपत्ति

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०८२, १३ : ४३
निधिमाथि भएको दुर्व्यवहारप्रति विशेष महाधिवेशन पक्षधरले जनाए आपत्ति

काठमाडौँ। नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

सचिवालयले बुधबार वक्तव्य जारी गरेर नेता निधिमाथि केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकमा सहभागी हुन जाने क्रममा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो ।

नेपाली काँग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री आदरणीय नेता विमलेन्द्र निधिज्यूलाई नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपाको परिसरमा भएको अपमानजनक क्रियाकलापको घोर भर्त्सना गर्दछौँ,’ नेता मनोजमणि आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सचिवालयले घटनामा विशेष महाधिवेशन पक्षधरहरूको संलग्नता रहेको भनेर गलत किसिमको प्रसार गरिएकोप्रति पनि आपत्ति जनाएको छ ।

‘घटना हुनुभन्दा अगावै ११:३५ बजे विशेष महाधिवेशन सचिवालयबाट पार्टी कार्यालयमा हाम्रो कार्यक्रम नभएको स्पष्ट पारिसकिएको अवस्थामा समेत पुनः गलत प्रचारप्रसार भएको हुँदा सो सम्बन्धमा हाम्री कुनै संलग्नता नरहेको र आगामी दिनमा समेत त्यस्तो किसिमको कुनै पनि हुल हुज्जत गर्ने तथा प्रदर्शन गर्ने कार्यक्रम नरहेको ब्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्दछौँ,’ वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस