काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टीभित्रबाटै घेराबन्दी भएको भन्दै अब चुप नबस्ने चेतावनी दिएका छन् ।
कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा सङ्ख्याको बलमा आफूहरूलाई हेपिए पनि बाहिर पार्टीपंक्तिको साथ आफूहरूसँग रहेको जिकिर गरेका छन् ।
उनले भने, ‘हाम्राविरुद्ध सबै लागेपछि मैले बैठकमा नेताहरूलाई भनेको छु, यहाँ मलाई र विश्वप्रकाशलाई यहाँ जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ, तर पार्टीका साथीहरूको घेरा ठुलो छ । समर्थकको घेरा ठुलो छ, साँघुरो घेराबाट फराकिलो घेरामा जान बाध्य पारिराख्नुभएको छ। तपाईँहरूले यहाँ सङ्ख्याको आधारमा दम्भ राख्नुभयो।’
उनले पार्टीपंक्तिमा जानको लागि आफूहरूलाई बाध्य बनाएको बताए। उनले आफूहरूले गरेको संघर्षबारे अब पार्टीपंक्ति र समर्थकबीचमा गएर राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा