काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि उत्पन्न बहस र प्रश्नबीच ट्राभलर (भ्लगर ) सृजना वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेकी छन् ।
यात्राकै क्रममा हतारमा गरिएको निर्णयले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको उल्लेख गर्दै वलीले अहिले राजनीति भन्दा बाहिर रहेर पर्यटन र ग्रामीण अर्थतन्त्रमा योगदानलाई निरन्तरता दिने बताएकी छन्।
वलीले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै समानुपातिक सूचीमा नाम पर्नु योजनाबद्ध नभई यात्राकै क्रममा भएको आकस्मिक निर्णय भएको बताएकी छन् । ढोरपाटन, रुकुम पूर्व पश्चिम, बुर्तिबाङ, चुङ्री बुक्की जस्ता क्षेत्रमा एकल यात्रा गर्दै पर्यटन सम्भावनाको अध्ययन गरिरहेका बेला आफूलाई समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको उनको भनाइ छ ।
यात्राका कारण निर्णयका लागि पर्याप्त समय नपाएको र बन्द सूचीमा नाम सार्वजनिक भएपछि मात्र यसको गम्भीरता महसुस भएको वलीले उल्लेख गरेकी छन्। ‘यो निर्णय अलि हतारमा भएछ’ भन्दै उनले सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई स्वाभाविक मानेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय