काठमाडौं । कांग्रेस, नेकपा लगायत चार दलका बीचमा गठबन्धन गरेर आगामी राष्ट्रिय सभा चुनाव लड्न लागेको नेकपा एमालेले पार्टीका तर्फबाट उम्मेदवार टुंग्गो लगाएको छ ।
चार दलका बीचमा भागवन्डा गरेर सकभर निर्विरोध चुनाव लड्न चाहेका कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी (जसपा)का बीचमा सिट भागवन्डा भएको छ । जसमध्ये एमालेको भागमा ७ सिट परेको र त्यही आधारमा एमालेले उम्मेदवार टुंग्गो लगाईसकेको बताएको छ ।
राष्ट्रिय सभा चुनाव आगामी माघ ११ गते हुँदैछ । जसका लागि आज दलहरुले उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । एमाले सचिव महेश बस्नेतले एमालेले रामकुमारी झाँक्रीसहितका नेताहरुलाई राखेर राष्ट्रिय सभामा उम्मेदवार तय गरेको बताए ।
एमाले सचिव महेश बस्नेतका अनुसार, रामकुमारी झाँक्री, रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंग्गो लगाईएको छ ।
अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको पनि बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित
काँग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
राष्ट्रिय सभामा चार दलबीच भागबन्डा, कसलाई कति सीट ?
राष्ट्रिय सभामा जसले मतदान गर्न पाउँदैनन !