काठमाडौं । कांग्रेस, नेकपा लगायत चार दलका बीचमा गठबन्धन गरेर आगामी राष्ट्रिय सभा चुनाव लड्न लागेको नेकपा एमालेले पार्टीका तर्फबाट उम्मेदवार टुंग्गो लगाएको छ ।
चार दलका बीचमा भागवन्डा गरेर सकभर निर्विरोध चुनाव लड्न चाहेका कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी (जसपा)का बीचमा सिट भागवन्डा भएको छ । जसमध्ये एमालेको भागमा ७ सिट परेको र त्यही आधारमा एमालेले उम्मेदवार टुंग्गो लगाईसकेको बताएको छ ।
राष्ट्रिय सभा चुनाव आगामी माघ ११ गते हुँदैछ । जसका लागि आज दलहरुले उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । एमाले सचिव महेश बस्नेतले एमालेले रामकुमारी झाँक्रीसहितका नेताहरुलाई राखेर राष्ट्रिय सभामा उम्मेदवार तय गरेको बताए ।
एमाले सचिव महेश बस्नेतका अनुसार, रामकुमारी झाँक्री, रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंग्गो लगाईएको छ ।
अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको पनि बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता