काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको बुझिएको छ ।
राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०८२, ०६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
बादल संयोजकत्वमा एमालेले बनायो चुनाव परिचालन समिति
एमालेमा जिम्मेवारी बाँडफाँट, तोकियो प्रदेश संयोजक
एमाले सचिवालय बैठक सुरु
कांग्रेस, एमाले र नेकपा बीच 'त्रिपक्षीय' तालमेलको तयारी, आज निर्णायक छलफल
एमाले धादिङको कार्यवाहक अध्यक्षमा श्रेष्ठ