ओम खड्का एआईजीमा बढुवा

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०८२, १३ : ५५
ओम खड्का एआईजीमा बढुवा

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) पदमा ओम खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले केही महिनादेखि रिक्त रहँदै आएको उक्त पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यससँगै विभागभित्र रोकिएको उच्च तहको पदपूर्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस