काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ जिल्ला कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) लाई दिइएको छ ।
आइतबार बसेको जिल्ला कमिटी बैठकले उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।
यस्तै, जिल्ला कमिटी बैठकले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा सर्वसम्मत निर्वाचित डा. पुष्प कडेल, केन्द्रीय सदस्यमा निर्वाचित भूमि त्रिपाठी तथा डा. खेमप्रसाद लोहनीलाई विशेष सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह