काठमाडौँ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ ।
महासचिव शङ्कर पोखरेलले आज सामाजिक सञ्जाल फेसबुक मार्फत संयुक्त राष्ट्रसङ्घ लगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन गरेको उल्लेख गरेका छन् ।
उनले अमेरिकाको यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने समेत बताएका छन् ।
‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ’ उनले लेखेका छन् । ‘यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल