काठमाडौं । नेकपा एमाले आगामी राष्ट्रिय सभा तथा प्रतिनिधिसभा दुवै चुनावमा गठबन्धन गर्नुपर्ने दवावमा छ । कांग्रेसको बलियो साथमा सरकारको नेतृत्व गरिरहेकै बेला गत भदौंको जेनजी आन्दोलनपछि सरकारको नेतृत्व समेत छोडेर सेनाको हेलिकप्टरमा तत्कालिन अवस्थामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली नै भाग्नुपर्ने परिस्थित जन्मेपछि एमाले रक्षात्मक अवस्थामा छ ।
त्यसका लागि उसले आगामी चुनावमा गठबन्धनको साहारा खोजेको छ । वैकल्पिक राजनीतिक धारका नेताहरु रवि लामिछाने, काठमाडौका मेयर बालेन शाह र उर्जामन्त्री समेत रहेका कुलमान घिसिङ एक ठाँउ उभँदिा कांग्रेस, एमाले दवावमा छन् । जसकाकारण उनीहरुले पनि गठबन्धनको साहार लिन खोज्नु, छलफल चलाउनु स्वभाविक हो । तर राष्ट्रियसभामा अहिले नै नयाँ बैकल्पिक शक्तिहरुको प्रभाव सून्य छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटमध्ये १८ सिटका लागि आगामी ११ माघमा चुनाव हुँदैछ । यसका मतदाता प्रदेश सभाका सदस्य, स्थानिय तहका प्रमुख उपप्रमुख (अध्यक्ष÷उपाध्यक्ष) हुन्छन् । ती पदहरुमा यिनै कांग्रेस, एमाले, माओवादीहरुकै प्रतिनिधिहरु नै निर्णायक शक्तिका रुपमा निर्वाचित छन् ।
तर पनि एमालेलाई राष्ट्रियसभाको बनावटले राष्ट्रियसभा चुनावमै गठबन्धन गर्नुपर्ने ठूलो दवावमा छ । एमालेसँग अहिले राष्ट्रिय सभामा १० सांसद छ । जसमध्ये ८ सांसदको पद रिक्त हुन लागेको छ । कांग्रेस र एमाले यी दुई शक्ति नै राष्ट्रिय सभा चुनावका मुख्य प्रतिस्पर्धी दल हुन् । तर तेस्रो पोजिसनमा रहेको नेपाली कम्युनिष्ट पार्टी (माओवादी, एकीकृत समाजवादी लगायत दल मिलेर बनेको पार्टी) ले खेल्ने भूमिकाबाट एमाले त्रसित छ ।
नेपाली कम्युनिष्ट पार्टीले कतै कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्दिन्छ की भन्ने त्रासमा एमाले देखिन्छ । त्यसो हुँदा र माघ ११ को चुनावमा कतै जित्न नसके जम्माजम्मी २ सिटमा मात्र एमाले राष्ट्रिय सभामा खुम्चने छ । त्यही भएर एमालेले कांग्रेसलाई १० र आफु ८ सिट लिएर चुनावमा जान तयार देखिएको छ । अझ त्यसमा मधेस केन्द्रीत दललाई मिलाउँदा एक सिट छोड्न परेपनि छोडेर अझ ७ सिट मात्र आफुले लिएर जान पनि तयार रहेको प्रस्ताव कांग्रेससँग राखिसकेको छ ।
त्यसका लागि एमालेले संविधान, लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेस एमालेका बीचमा चुनावी गठबन्धन गरेर जानुपर्ने आवश्यकता औल्याएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटमध्ये १८ वटाका लागि आगामी ११ माघमा चुनाव हुँदै छ । एक सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिन्छ ।
२० फागुनदेखि राष्ट्रिय सभाबाट एमालेका ८, नेपाली कम्युनिस्ट पार्टीका ८, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र जनता समाजवादी पार्टीका १र१ सिट रिक्त हुँदै छन् । मनोनीत वामदेव गौतम पनि सँगै बिदा हुँदै छन् ।
कांग्रेस सभापति देउवासँग १९ मंसिर र ७ पुसमा भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले गठबन्धनको प्रस्ताव राखिसकेको एमाले निकट स्रोतको भनाई छ ।
कांग्रेसभित्र चुनावी गठबन्धनको विषयमा शेखर कोइराला र गगन थापा पक्षले पार्नसक्ने अपठ्यारो बुझेका ओलीले देउवासँग राष्ट्रियसभा चुनावलाई रिहर्शलको रुपमा प्रयोग गरेर प्रतिनिधिसभासम्म नै चुनाव गरेर जाने वातावरण बनाउने प्रस्ताव देउवासँग राखेका थिए ।
प्रतिनिधिसभामा यसअघि कांग्रेस र एमालेले जितेका स्थान यथावत् राखेर एकअर्काले सघाउने र बाँकी निर्वाचन क्षेत्रमा भागबन्डा गर्ने प्रस्ताव पनि कांग्रेससाग एमालेले राखेको स्रोतको भनाई छ । २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसले ५७ र एमालेले ४४ निर्वाचन क्षेत्र जितेका थिए ।बवैकल्पिक शक्तिहरु एक भएका बेला कांग्रेस र एमाले पनि मिलेरै चुनावमा जानुपर्ने र त्यो दुवै पार्टीका लागि हितकर हुने एमालेको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह