काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा आफूहरूले उठाएका मुद्दा चाँडै पार्टी-पंक्तिबाट ‘अनुमोदन’ हुने दाबी गरेका छन्।
आफूहरूले पार्टीमा राखेका प्रस्तावले राजनीतिक वृत्त, सञ्चार जगत्, बुद्धिजीवी तथा आमजनसमुदायकै ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने बताएका छन्। र, यो विषय चाँडै अनुमोदन हुने आश्वासन दिँदै उनले एमालेजनलाई विचलित र निराश नहुन आग्रह पनि गरेका छन्।
‘हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११औँ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय अघि सारेका थियौँ’, एमाले उपमहासचिव भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामीले पार्टीको अन्तर-संघर्षमा आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौँ। म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्ना तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु। हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ र निकट भविष्यमै पार्टी-पंक्तिबाट पनि अनुमोदन हुनेछन्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई