हिन्दूधर्मबारे कांग्रेसमा बहस

पत्रपत्रिकाबाट

विहीबार, २७ मंसिर २०७५, ०७ : ३०
हिन्दूधर्मबारे कांग्रेसमा बहस

फाईल फोटो

काठमाडौँ । कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् । 

यो विषयले २८ मंसिरदेखि काठमाडौँमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।

यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस