काठमाडौ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुगमन गरी कारबाही गरेको छ।
विभागले आइतबार तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको हो।
सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान रु ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारबाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग/फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।
बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजार अनुगमनमा तीन फर्मलाई जरिवाना
कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना
बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना
दुई फर्मलाई नगद जरिवाना
एक फर्मलाई जरिवाना, पाँचवटालाई सुधार गर्न निर्देशन
दुई फर्मलाई नगद जरिवाना