एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०८२, २० : २८
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवारको नाम अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्षबाट प्रस्तुत भएका र सबैतिरबाट आएका सुझाव समेटेर ओलीले नै टुंगो लगाउने समझदारी भएको एक पदाधिकारीले बताए ।

अध्यक्षले नेताहरूसँग आवश्यक परामर्शपछि बन्द सूची टुंगो लगाएर भोलि निर्वाचन आयोगमा पेश गर्ने निर्णय बैठकले गरेको छ