सात वर्षीया बालिकाले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी

पत्रपत्रिकाबाट

विहीबार, २७ मंसिर २०७५, ०७ : १४
सात वर्षीया बालिकाले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय नागरिक अझै पनि खुल्ला ठाउँमा शौच गर्छन् ।

कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ । दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमा कहिल्यै शौचालय भएन ।

बीबीसी तमिलकी कृतिका कन्णनसँग कुरा गर्दै हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन् । हनिफाले नर्सरीमा पढिरहेको बेला आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन् ।

उनले भनिन्, ‘बाहिर शौच गर्ने बेला मान्छेहरूले हेर्दा निकै लाज हुन्थ्यो ।’ शिक्षा पाएर आफू उत्प्रेरित भएको उनले बताएकाे खबर अाजकाे राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस