काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔँ । राष्ट्र र जनताका एजेन्डा बोकौँ ।’ उनले अगाडि बनेका छन्, ‘विगतका कमजोरीप्रति आत्मालोचित होऔँ । विनम्र बनौँ । कार्यशैली सुधार गरौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि एमाले उपमहासचिव भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
उनको फेसबुक स्ट्याटसमाथि कमेन्ट गर्नेहरूले भट्टराईको प्रतिक्रिया सातबुँदे सम्झौताप्रति नै लक्षित रहेको जनाएका छन् ।
आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती थपिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई