काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔँ । राष्ट्र र जनताका एजेन्डा बोकौँ ।’ उनले अगाडि बनेका छन्, ‘विगतका कमजोरीप्रति आत्मालोचित होऔँ । विनम्र बनौँ । कार्यशैली सुधार गरौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि एमाले उपमहासचिव भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
उनको फेसबुक स्ट्याटसमाथि कमेन्ट गर्नेहरूले भट्टराईको प्रतिक्रिया सातबुँदे सम्झौताप्रति नै लक्षित रहेको जनाएका छन् ।
आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती थपिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई