काठमाडौ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बैठक बस्ने एक नेताले जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यतालिका छ। त्यसै विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको ती नेताले बताए।
बैठकमा एघारौं महाधिवेशनपछि बाँकी रहेको नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै