काठमाडौ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बैठक बस्ने एक नेताले जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यतालिका छ। त्यसै विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको ती नेताले बताए।
बैठकमा एघारौं महाधिवेशनपछि बाँकी रहेको नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह